तस्वीरः नेपाल र भारतबीचको बैठक ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा हिजो बिहीबार नयाँदिल्लीमा सात बुँदे द्वि–पक्षीय सम्झौता भएका छन् । नेपाल र भारतबीच विद्युत खरिद गर्नेदेखि विभिन्न सात मुख्य बुँदामा सम्झौता भएका हुन् ।

नेपाल र भारतबीच भएका सात मुख्य सम्झौताहरु नेपाल–भारत पारवहन सम्झौता नवीकरण, अमलेखगञ्जबाट चितवनसम्म र सिलिगुडीबाट झापासम्म सीमापार पेट्रोलियम पाइपलाइनलाई पुर्‍याउने सहमति भएको छ ।

त्यसैगरी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने, चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने, तल्लो अरुणको पिडिए गर्ने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति भएको छ । त्यस्तै डिजिटल पेमेन्ट सम्झौता पनि भएको छ ।

आज बिहान प्रधानमन्त्री प्रचण्डले नेपालका सञ्चारकर्मीहरुसँगको भेटका अवसरमा कुरागर्दै नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको रोहवरमा यी सम्झौता भएका हुन् । नेपालका प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलन गर्दै सम्झौताको बारेमा जानकारी गराइएको थियो ।