तस्वीरः पहेंलो धातु सुन ।
काठमाडौं — पहेंलो धातु सुनको मूल्यले नेपाली बजारमा नयाँ इतिहास कोरेको छ । नेपालमा अहिलेसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको हो ।
कारोबारको साताको अन्तिम दिनमा आइपुग्दा नेपाली बजारमा सुनको मुल्य आकासिएको छ । हिजो बिहीबार प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार बजार खुल्दा प्रतितोलामा आठ सय रुपैयाँले वृद्धि भै एक लाख १३ हजार तीन सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला आठ सय रुपैयाँले बढेको छ । तेजावी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार सात सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।
सेतो धातु चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज शुक्रार चाँदीको मूल्य प्रतितोलामा २५ रुपैयाँले बढ्दै एक हजार चार सय ३५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । अघिल्लो दिन हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।