तस्वीरः उपेन्द्र यादव, अध्यक्ष जसपा नेपाल ।
सुनसरी — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको ले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताउनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै अध्यक्ष यादवले यस्तो दावी गर्नुभएको हो ।


देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताउँदै नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको समेत जिकिर गर्नुभयो ।

अध्यक्ष यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको भन्नुहँुदै नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख भयो । अध्यक्ष यादवले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताउनुभएको थियो ।