फाइल तस्वीर
नयाँ दिल्ली– नेपालले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न भारतले अनुमति नदिएका कारण उक्त विमानस्थलको अन्तर्राष्ट्रिय उडान प्रभावकारी हुनसकेको थिएन ।

प्रधानमन्त्रीको चार दिने भारत भ्रमणका क्रममा आज नयाँ दिल्लीमा दुवैदेशका प्रधानमन्त्रीबीच भएको छलफलपछि नेपालले सो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सीमा क्षेत्रको हवाई अनुमति पाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपालले भारतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको बतानुभएको छ ।

हैदरबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले नेपाललाई भारतबाट रुपन्देहीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सीमा क्षेत्रको हवाई अनुमति पाएको जानकारी दिनुभएको हो ।