तस्वीरः एमाले सचिवालयको बैठक ।
काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सचिवालय बैठक बस्नेभएको छ । एमालेका सचिवालय बैठकको बैठक शुक्रबार बिहान ११:३० बजे बस्ने भएको हो ।

उपमहासचिव विष्णु रिमालका अनुसार समसमायिक राजनीतिक अवस्था र पार्टीको आन्तरिक जीवनबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने जनाइएको छ । एमालेको यसअघि गत वैशाख २८ देखि ३० गते केन्द्रीय बैठक सम्पन्न भएको थियो ।