तस्वीरः प्रधानमन्त्री ‘प्रचण्ड’, मोदीका सुरक्षा सल्लाहकार अजीत डोभाल र विदेश मन्त्रालयका सचिव विनयमोहन ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राले भेटघाट गर्नुभएको छ ।
बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले सुरक्षा सल्लाहकार डोभाल र सचिव क्वात्रालाई आफू बसिरहेको मौर्य होटलमा भेट गर्नुभएको हो । आजको भेटमा दुई देशको सम्बन्ध लगायत विविध विषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीस्थित सरदर पटेल मार्गमा हरेको मौर्य होटलमा बस्नुभएको छ । प्रधानमन्त्री प्रचण्डको औपचारिक कार्यक्रम भने भोलिदेखि मात्र सुरु हुनेछ । भोलि बिहीबार दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ ।