तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले विवादास्पत नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज बुधबार बिहानमात्रै नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको हो ।
यसअघिका राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्बाट दुई–दुईपटक पारित गरेर पठाउँदा पनि उक्त विधेयक प्रमाणीकरण नगरिदिँदा राष्ट्रपति कार्यालयमै नागरिकता विधेयक थन्केर बसेको थियो ।
वर्तमान सरकारले राष्ट्रपति पौडेललाई सो नागरिकता विधेयक प्रमाणीकरणका लागि यही जेठ १२ गते आग्रह गर्ने निर्णय गरेको थियो ।
यसअघि २०७९ साउन २९ गते सङ्घीय संसद्का दुवै सदनबाट पारित विधेयक तात्कालीन राष्ट्रपति भण्डारीले फिर्ता पठाएपछि पुनः भदौ २० गते संसद्का दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण नगर भण्डारीले रोकिराख्नुभएको थियो ।
संसद्ल् दोस्रोपटक प्रमाणीकरणका लागि पठाएको विधेयक प्रमाणीकरण गर्नुपनेए बाध्यतालाई बेवास्तागर्दै तात्कालीन राष्ट्रपति भण्डारीले आलटाल गर्दै समय व्यतित गर्नुभएको थियो ।
यसरी राष्ट्रपति कार्यालयमै रोकिएको विधेयकलाई वर्तमान राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको हो । उक्त नागरिकता विधेयकको सर्वत्र विरोध भएको थियो । नागरिकता विधेयक देशको प्रतिकुल रहेको एकथरीको बुझाइ छ ।