तस्वीरः अर्थमन्त्री डा. प्रकाशशरण महत ।
काठमाडौं — अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने दावी गर्नुभएको छ ।

आर्थिक पत्रकार समाज (सेजन)ले आज बुधबार आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै अर्थमन्त्री महतले सङ्कटपूर्ण आर्थिक अवस्था सुधारमा ठूलो काम हुने दावी गर्नुभएको हो ।

बजेटको अहिलेको आकारभन्दा पनि ठूलो बनाउन आफूलाई दबाब आएको सुनाउँदै अर्थमन्त्रीले परिस्थितिका कारण केही ठूलो बजेट बनेको जिकिर गर्नुभयो ।

सांसद विकास कोषको बजेट पुँजीगत नै भएको भन्दै उनले दुरुपयोग नहुने भन्दै अथैमन्त्री महतले सांसद विकास कोषको बजेट सांसदले सिधै खर्च गर्न नसक्ने र यसका लागि सांसदको भूमिका सिफारिस गर्ने मात्र हुने बताउनुभयो ।

अर्थमन्त्री महतले मिडियाले बजेटका राम्रा कार्यक्रम ढाकेर सांसद विकास कोषको प्रचार गरेको गुनासो व्यक्त गर्नुभयो । मन्त्री महतले ‘सांसद विकास कोषलाई मिडियामा बजेटका राम्रा कार्यक्रम ढाकेर प्रचार भयो, यो कोष होइन, कार्यक्रम हो, त्यही अनुसार बुझौं’— भनि बजेटको बारेका संक्षिप्त कुराकानी गर्नुभएको थियो ।