तस्वीरः सन्दीप लामिछाने ।
काठमाडौं — नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा दर्ता भएको बलात्कार मुद्दाको अन्तिम फैसला लागि आज पेशी तोकिएको छ । जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त पेसी तोकिएको हो ।

सन्दीपविरुद्ध परेको उक्त मुद्दाको पेसी आज तेस्रो नम्बरमा परेकोले सुनुवाइ हुने सम्भावना रहेको छ । यसअघि गत मङ्सिर ७ देखि १४ गतेसम्म उक्त मुद्दाका पक्ष–विपक्ष दुवैको बयान र बकपत्र पनि राईकै इजलासमा भएको थियो ।

यसअघि लगातार पेसी तोकेर पनि मुद्दाको फैसला पछि सरिरहेकोले अन्तिम सुनुवाइ हुन सकेको छैन । मुद्दाको अन्तिम फैसला आज नआएमा सन्दीप राष्ट्रिय टोलीमा आवद्ध भएर अफ्रिकामा हुने खेलका लागि जान पाउने छैनन् । आज पनि अन्तिम फैसला नआएमा वा उन विपक्षमा फैसला भएमा उनको राष्ट्रिय टिमको लागि खेल्ने सबै खेलबाट बञ्चित हुनुपर्ने छ ।

राष्ट्रिय क्रिकेट टोलीका अन्य सदस्य बन्द प्रशिक्षणमा सहभागी भइरहँदा पूर्वकप्तान लामिछाने विदामा बसेका छन् । नेपाली टिमका म्यानेजर विनोद दासले सन्दीप अनुमति लिएरै बिदामा रहेको जानकारी गराएका छन् ।

खासगरी सन्दीप आफूविरुद्धको बलात्कार मुद्दा फैसलाका लागि पेसी तोकिएपछि त्यसको तयारीका लागि बिदामा रहेका सन्दीपले मुद्दाका कारण खेलमा सहभागी हुन कठिन भइरहेको सन्दीपको मुद्दा हेर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले बताएका छन् ।