काठमाडौं — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन ९बालेन्द्र० शाहले सांसद्हरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गर्नुभएको छ । सरकारले सांसद विकास कोषका लागि आर्थिक वर्ष २०८०/८१ को बजेट विनियोजन गरेपछि महानगरप्रमुख साहले सो टिप्पणी गर्नुभएको हो ।
अर्थमन्त्री डा। प्रकाशशरण महतले हिजो जेठ १५ गते सोमबार आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा ‘निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकताहरू जनप्रतिनिधिसमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड विनियोजन गर्नेगरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ प्रस्ताव गर्नुभएको थियो ।
जसअन्तर्गत न्यूनतम १ करोडको आयोजना बनाउनुपर्ने छ। त्यस्ता आयोजनामा सडक, सिँचाइ, खानेपानी, शिक्षा, खेलकुदलगायतका आयोजना हुनुपर्ने व्यवस्था गरिएको छ । सांसद विकास कोषको रकम दुरुपयोग हुने गरेको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद् विकास कोष खारेज गर्नुभएको थियो । तर, सरकारले दुई वर्षअघि खारेज गरेको ‘सांसद विकास कोष’को नामले परिचित पूर्वाधार विकास साझेदार कार्यक्रम ब्युँताएको हो ।
यसैकारण महानगर प्रमुख साहले १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद्लाई वडाध्यक्षको स्तरमा आएको टिप्पणी गर्नुभएको हो । महानगर प्रमुख साहले नीति निर्माणका लागि प्रतिनिधिसभा सदस्यमा चुनिएकाहरुलाई वडाध्यक्षको काम गर्न मन भए किन सांसद बनेको भन्दै प्रश्नसमेत गर्नुभएको छ ।
महानगरप्रमुख साहले सामाजिक सञ्जालमार्फत् फेसबुकमा लेख सार्वजनिक गर्दै ‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आउनु भयो, वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद् बन्नुहुन्छ माननीय माननीयज्यूहरूरु’ भनेर प्रश्नसमेत गर्नुभएको छ ।
‘सांसद विकास कोष पाउनु भएसि बल्ल सांसदहरु वडाअध्यक्षको लेबलमा आउनुभयो,’ शाहले सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘वडाअध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीयज्यूहरू ?’