काठमाडौं — सरकारले सार्वजनिक स्थलमा हुने महिला हिंसालाई नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गर्ने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ बजेट सार्वजनिक गर्दै सार्वजनिकस्थलमा हुने महिला हिंसालगायत सामाजिक अपराध नियन्त्रण गर्न विशेष सुरक्षा संयन्त्र परिचालन गरिने बताउनुभयो ।