फाइल तस्वीरः सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत ।
काठमाडौ. — सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त बजेट पेश गर्नुभएको हो ।
आगामी आर्थिक वर्षका लागि आज सोमबार सार्वजनिक गरिएको बजेटमध्ये चालु खर्चतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजना गरिएको छ । कुल विनियोजित बजेटमध्ये यो ६५ दशमलत २० प्रतिशत हुनआउँछ ।
यसैगरी पुँजीगततर्फ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको १७ दशमलव २५ प्रतिशत हुन्छ । वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरेको छ । यो रकम कुल विनियोजनको १७ दशमलव ५५ प्रतिशत रहेको छ ।
यस्तै प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ करोड रुपैयाँ व्यवस्था गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको व्ययको स्रोत व्योहर्नेमध्ये राजश्व परिचालनबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ रहेको अर्थमन्त्री डा.महतले सार्वजनिक गर्नुभएको बजेटमा उल्लेख छ ।
वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड व्यहोर्दा ४ खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ कम देखिएको छ । यसरी कम हुने रकम मध्ये वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ जुटाइने र बाँकी आन्तरिक स्रोतबाट जुटाउने भनिएको छ । राजस्व परिचालन र वैदेशिक अनुदान तथा ऋण सहायता परिचालन गर्दा नपुग हुने खुद २ खर्ब ४० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने भएको छ ।
अघिल्लो सरकारका अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याउनुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वका तत्कालीन उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको मध्यावधि समीक्षा गर्दै बजेटको आकार १५ खर्ब ४९ अर्ब ९९ करोड रुपैयाँमा झार्नुभएको थियो ।
आगामी आर्थिक वर्षको लागि आज सार्वजनिक गएिको बजेटमा फराकिलो आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिइएको छ । आज सार्वजनिक भएको बजेटले समृद्धि र सुसाशन कायम गर्न, डिजिटल र हरित अर्थतन्त्र निर्माणमा जोड दिएको देखिन्छ ।
बजेटको पूर्णपाठ हेर्नुहोस्: