फाइल तस्वीरः शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ।
काठमाडौं — नेपाल सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक वर्षका लागि एक खर्ब ९७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ एक खर्ब ९७ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको बताउनुभएको हो ।

चालु आर्थिक वर्षमा शिक्षातर्फ सङ्घमा ७० अर्ब पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । त्यस्तै प्रदेशमा पाँच अर्ब ३२ करोड रुपैयाँ र स्थानीय तहमा एक खर्ब २१ अर्ब एक करोड रुपैयाँ बजेट हस्तान्तरण गरिएको थियो ।

बजेटमा सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको उल्लेख छ ।