काठमाडौं — सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघि सुरु भएको बैठकले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट पारित गर्नेे भएको हो ।

सरकारको आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक हुँदै छ । यस्तै, आजको बैठकमा प्रधानमन्त्रीकोे यहि जेठ १७ गते बुधबारदेखि २० गते शनिबारसम्म हुने भारत भ्रमणको विषयमा पनि छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्षको बजेट आज बेलुका ४ बजे अर्थमन्त्री प्रकाशशरण महतले प्रस्तुत गर्दै हुनु्हुन्छ ।