फाइल तस्वीरः टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरी ।


काठमाडौं — चर्चित टिकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफ गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज आईतबार चौधरीसहित १९ जनाको बाँकी कैद सजाय माफ गर्नुभएको हो ।

गणतन्त्र दिवसको दिन पारेर रेशम चौधरीका कैदीहरुको कैद माफी दिने राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ‘ – भनि उल्लेख गरिएको छ ।

m

त्यस्तै, राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ को बैठकको सिफारिस अनुसार नै जेठ १५ गतेदेखि लागू हुने गरी रमेश थलङ भन्ने हेमबहादुर थलङ/लिम्बूसमेतका ४७५ जना र ज्येष्ठ नागरिक उदयनारायण गिरीसमेतका सात जना गरी कुल जम्मा ४८२ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय माफ गरेका छन् ।

नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम गणतन्त्र दिवस, २०८० को अवसरमा माफी दिएको हो ।

1 कैद सजाय कट्टा_विज्ञप्ति_ Final