काठमाडौं — सङ्घीय संसद्को संयुक्त बैठक प्रारम्भ भएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक प्रारम्भ भएको हो ।
आजको बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुनेछ । उक्त प्रस्ताव सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्यसञ्चालन० नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।