काठमाडौं — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा विरोधीहरू सलबलाएको बताउनुभएको छ । मन्त्री किरातीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पशुपति विकास कोषको जग्गा अपचलन भएको भन्दै विभिन्न टीकाटिप्पणी भएपछि त्यसलाई लक्षित गर्दै मन्त्री किरातीले आरोप प्रमाणित भए एक मिनेट पनि पदमा नबस्ने घोषणा गर्नुभएको हो ।
उहाँले घुस खाएको प्रमाणित गर्न चुनौती दिनुभएको छ । ’मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले’ किरातीले लेखेका छन् ’आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन…।’
मन्त्री किरातीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘ मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बौलाउन थाले, आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला ! प्रमाणित गर म एक मिनेट बस्दिन । सङ्गठित भएर अप्रमाणित कुरालाई मिडियाबाजि गर्न लागेछन् । आखिरी म मर्दा ५ सयको कात्रो र ५ फिट जमिन चाहिएला’ उनले लेखेका छन् ’सत्यतथ्य र चलखेल पर्दाफाश हुँदै जालान् । काम गर्ने मान्छेलाई जनताको साथ भए पुग्छ । लोभिपापीसँग म लडौँला… ।