काठमाडौं — जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक पार्टी कार्यालय बालकुमारीमा आज आइतबार दिउँसो १ बजे बस्ने भएको हो ।
जसपा केन्द्रीय कार्यालयका अनुसार आज बोलाइएको बैठकमा विधान अधिवेशन, समसामयिक राजनीतिलगायतका कार्यसूचीमा छलफल गर्ने भएको हो ।