फाइल तस्वीरः काङ्ग्रेस महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्मा ।
काठमाडौं — नेपाली काङ्ग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्माले मुलुकको आर्थिक चुनौतीलाई पार लगाउन सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०÷८१ नीति तथा कार्यक्रममाथिको छलफलमा भागलिंदै सांसद् शर्माले भन्नुभयो, “हिजो परिवर्तनका लागि एक ठाउँमा उभिएका राजनीतिक दलहरू आजको आर्थिक चुनौतीलाई पार लगाउन एक ठाउँ उभिन जरुरी छ । गणतन्त्र १५ वर्ष पुग्दै गर्दा आत्मसमीक्षा गरेर हामीले यसलाई आत्मसाथ गर्नुपर्छ।”
सांसद् शर्माले सरकारको नीति तथा कार्यक्रम नागरिकलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । “भौतिक प्रगतिको रटानले मात्रै हामीलाई भ्यूटावर खडा गर्न उस्काउँछ तर मान्छे बिर्साउँछ । भ्यूटावरका लागि डेढ अर्ब रुपैयाँ छुट्याउँदै गर्दा धनुषामा डेढ सय रुपैयाँको स्लाइनपानी लाउनसमेत नपाएर राजु सदाको मृत्यु भइरहेको छ”, उहाँले भन्नुभयो ।
सांसद् शर्माले २००७ सालदेखिकै भ्रष्टाचारका फाइल खोली अनुसन्धान सुरु गर्नुभयो । सांसद् शर्माले झापाको दमकमा रहेको सुकुम्बासीको समस्या समाधान गर्न आग्रह गर्नुभयो । उहाँले सुकुम्बासीलाई लालपुर्जा उपलब्ध गराउन मागसमेत गर्नुभयो ।