फाइल तस्वीरः टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरी।
काठमाडौं — टिकापुर घटनाका मुख्य आरोपी रेशम चौधरीको आममाफी सम्बन्धि प्रस्ताव फिर्ता भएको छ । राष्ट्रपति कार्यालयले चौधरीलाई रिहा गर्न आममाफी दिने प्रयोजन प्रस्तावको फाइल शुक्रबार गृहमन्त्रालयमा फिर्ता गरेको हो ।

राष्ट्रपति कार्यालयकाअनुसार आममाफीको प्रस्तावमा कानुन आधार नपुगेको भन्दै उक्त प्रस्तावलाई गृहमन्त्रालयमा फिर्ता पठाइएको हो ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।