फाइल तस्वीरःअध्यक्ष चन्द्रकान्त(सिके) राउत
काठमाडौं — जनमत पार्टीको केन्द्रीय समितिको बैठक सुरु भको छ । उक्त पार्टीको बैठक काठमाडौंको कोटेश्वरस्थित होटल तपोवनमा बसेको हो ।
पार्टी अध्यक्ष चन्द्रकान्त(सिके) राउतको अध्यक्षता बसेको केन्द्रीय समितिको बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ ।
यसैगरी आजको बैठकमा पार्टीको विधान संशोधनको विषयमा छलफल हुने जनमत पार्टीका एक नेताले बताएका छन् ।