फाइल तस्वीरः मौसममा बदली
काठमाडौं — आज देशैभरको मौसममा बदली हुनेछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार देशभर हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार देशभर बादल विकास भइरहेकाले आज दिउँसो देशैभर वर्षाको सम्भावना देखिएको छ । मौसमविद् मानन्धरका अनुसार आज शुक्रबार मधेश, लुम्बिनी र गण्डकी प्रदशेमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

मौसममा देखिएको बदलीसँगै तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ । ‘विशेषगरी लुम्बिनी, मधेश र कोशी प्रदेशका तराईमा आज हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् मानन्धरले बताउनुभयो ।

महाशाखाको बुलेटिनअनुसार आज राति पनि कोशी प्रदेशलगायत देशको पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको रहेको छ । साथै देशको तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत भएको हुनाले त्यसबाट हुन सक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।