फाइल तस्वीर
तुलसीपुर – लुम्बिनी प्रदेशसभाको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । यो अधिवेशन हो । प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनको पहिलो बैठक आज शुक्रबारदेखि बस्न लागेको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुुभए अनुसार प्रदेशसभाको दोस्रो अधिवेशन अर्थात् बजेट अधिवेशन आज बस्दै छ । बैठकको सम्भावित कार्यसूचीमा प्रदेश प्रमुखबाट प्रदेशसभाको अधिवेसन आह्वान सम्वन्धि पत्र सभामुखले पढेर सुनाउने, प्रदेश प्रमुखको कार्यालयबाट “मौजुदा मन्त्रिपरिषद्‍मा नियुक्ति र कार्यविभाजन” सम्बन्धी प्राप्त पत्र सभामुखले पढेर सुनाउने रहेको छ ।

यसैगरी दलको तर्फबाट प्रदेशसभा सदस्यहरुले शुभकामना मन्तब्य राख्ने, मुख्यमन्त्री एवं उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री डिल्ली बहादुर चौधरीले “औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित प्रदेश कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक” सभामा पेश गर्ने, स्वास्थ्य मन्त्री राजु खनालले “स्वास्थ्य संस्था स्थापना, संचालन, नवीकरण तथा स्तरोन्नति ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक” सभामा पेश गर्ने कार्यसूची छ ।

यसैगरी मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले “लुम्बिनी प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” माथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने र सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने र छलफलमा उठेका प्रश्नहरुको जवाफ मुख्यमन्त्रीले दिने कार्यसूची रहेको छ ।