फाइल तस्वीरः नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरु ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उच्च तहका नेताहरुसहित १६ जनाविरुद्ध विभिन्न पाँचवटा कसुरमा मुद्दा दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी बनाउन लागेको अभियोगमा पक्राउ परेकाहरुविरुद्ध ठगी, राज्यविरुद्व कसुर, संगठित अपराध, लिखत किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो ।
सरकारी वकिल कार्यालय काठमाडौं प्रमुख अच्युतमणि न्यौपानेले उनीहरुविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जानकारी दिनुभएको छ ।
पूर्वउपप्रधानमन्त्री एवम् नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव(निलम्बित) टेकनारायण पाण्डेलगायत १६ जनाविरुद्ध मानव बेचविखन, राज्यद्रोहसहित ठगी, सरकारी कागजात कीर्ते र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गर्दै मुद्दा दायर भएको छ ।