फाइल तस्वीरः रातो मच्छिन्द्रनाथको जात्रा
काठमाडौं — गृह मन्त्रालयले भोलि काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रालयद्वारा जारी गरिएको सूचना अनुसार भोलि बिहीबार भोटो देखाउने जात्राको भएकोले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक विदा दिइएको हो ।
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउजाखेलमा भोटो देखाउने जात्रा हुँदैछ । उक्त जात्राका क्रममा राष्ट्रपतिले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने जात्रा हेर्ने प्रचलन छ ।