काठमाडौं — सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभाको बैठक जारी रहेको छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बुधबार बिहान ११ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।