काठमाडौं — नवनियुक्त मन्त्री वीरेन्द्रकुमार महतोले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त मन्त्री महतोले वन तथा वातावरण मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

यसैगरी शिक्षा राज्यमन्त्री प्रमिला कुमारीले पनि शपथ लिनुभएको छ । मन्त्री महतोको शपथपछि प्रधानमन्त्री प्रचण्डले शीतल निवासमै आयोजित समारोहकाबीच प्रमिला कुमारीलाई राज्यमन्त्रीको शपथ दिलाउनुभएको हो ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले महतो र प्रमिला कुमारीलाई क्रमशः मन्त्री र राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । मन्त्री र राज्यमन्त्रीको शपथसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।