फाइल तस्वीरः प्रधानमन्त्री राष्ट्रियसभा बैठकमा ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको बताउनुभएको छ । राष्ट्रियसभामा सांसद्हरुले उठाउन भएको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्रीले लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाल भूमि रहेको भन्नुहुन्दै त्यसलाई कुटनीतिक माध्यमबाट फर्काउने बताउनुभएको छ ।
सरकारले थाती रहेका सीमा विवादलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने बताउँदै प्रधानमन्त्रीले ‘देशको सार्वभौमसत्ता, स्वाधिनता र सीमानाको सुरक्षाका लागि सरकार सधैँ सचेत र प्रतिबद्ध छ। लिम्पियाधुरा लिपुलेक, कालापानी, नेपाली भूमी हो भन्ने कुरामा नेपाल सरकार बढो प्रष्ट छ। थाती रहेका सीमा सम्बन्धी विषयलाई ऐतिहासिक सन्धि, नक्सा, तथ्य र प्रमाणका आधारमा कुटनीतिक पहलबाट समाधान गर्न सरकार दृढ प्रतिबद्ध रहेको छ’— भन्नुभयो ।
प्रधानमन्त्रीले नीति कार्यक्रममा नयाँ कार्यक्रममालाई स्थान दिँदै जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई पनि राखिएको बताउनुभएको थियो । राष्ट्रियसभाको आज बसेको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिकको नीति तथा कार्यक्रमलाई बहुमतले पास गरेको छ ।