तस्वीरः राष्ट्रियसभा बैठक ।
काठमाडौं — राष्ट्रियसभाको आज बसेको बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ५ गतेले सङघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्रीले आज जवाफ दिनुभएपछि राष्ट्रियसभाको बैठकले पास गरेको हो ।


सरकारको नीति तथा कार्यक्रममाथि आईतबारदेखि छलफल भैरहेको थियो । सरकारको नीति तथा कार्यक्रमलाई बैठकले बहुमतले पारित गरिएको हो