काठमाडौं — सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक जारी रहेको छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले बिहान ११ बजेबाट सुरु भएको हो ।

आजको बैठकमा राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रबार सङ्घीय संसदको दुबै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।