फाइल तस्वीरः राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री प्रचण्ड ।
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिनुहुने भएको छ । राष्ट्रियसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसद्हरुका प्रश्नको जवाफ दिनुहुनेभएको हो ।
राष्ट्रियसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । राष्ट्रियसभाको आजसमेत गरी तीन दिनसम्म बसेको बैठकमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिनुहुने भएको हो । राष्ट्रियसभाको सचिवालयका अनुसार प्रधानमन्त्रीको जवाफपछि नीति तथा कार्यक्रम पारित गर्ने सम्भावित कार्यसूची छ।