काठमाडौं — युगकवि सिद्धिचरण श्रेष्ठको ११२औँ जन्मजयन्तीको अवसरमा युगकवि सिद्धिचरण स्मृति गुठीको आयोजनामा काठमाडौँ न्युरोडस्थित सिद्धिचरण चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको उपस्थितिमा सम्पन्न कार्यक्रममा युगकवि सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष वैरागी काँइला, प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, काठमाडौँ क्षेत्र नं ८ का सङ्घीय सांसद विराजभक्त श्रेष्ठ, प्रदेश सांसदलगायत सयौँ नेपाली साहित्य क्षेत्रका दिग्गज व्यक्तित्वको उपस्थिति रहेको थियो ।

गुठीका अध्यक्ष सुवर्ण शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री किरातीले विसं १९९७ मा युगकविले क्रान्ति विना शान्ति हँुदैन भन्ने कविता लेखेवापत १८ वर्ष जेलजीवन बिताउनुभएको बताउनुभयो । नेपाली राजनीतिमा परिवर्तन ल्याउन उहाँको भूमिकाको कदर गर्न अझै कमी भएको मन्त्री किरातीले बताउनुभयो । युगकवि जस्तै आजको युगले पनि अर्काे साहित्यकार मागिरहेको उहाँको भनाइ थियो ।

युगकविको जन्म विसं १९९७ जेठ ९ गते भएता पनि युगकविको जन्मजयन्तीलाई जेठ ८, ९ र १० गते गरी तीन दिन मनाइने गरेको छ ।