काठमाडौं — संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज सोमबार पनि जारी रहने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आ.व. २०८०/०८१ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल गर्न अहिले बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्का दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे हिजो आइतबारदेखि प्रतिनिधिसभामा छलफल भइरहेको हो ।

उक्त छलफल आज पनि जारी रहने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।