फाइल तस्वीरः नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुहुँदै ।
हेटौंडा — बागमती प्रदेश सरकारले पूर्णता पाएको पाएको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेले आज आफ्नो नेतेत्वको सरकारलाई पूर्णता दिनुभएको हो ।
सत्ता गठबन्धन दल नेपाली काङ्ग्रेससँग मन्त्रालयमा भागबण्डा नमिले र झण्डै दुई महिनासम्म बागमती प्रदेश सरकारले पूर्णता पाएको थिएन । आज बिहान मुख्यमन्त्री जमरकट्टेल र नेपाली काङ्ग्रेस वागमती प्रदेश संसदीय दलका नेताबीच सहमति जुटृेपछि आज सरकारले पूर्णता पाएको हो । बागमतीमा रिक्त रहेका ५ मन्त्रालय र बिना विभागीय मन्त्री गरी काङग्रेस र एकीकृत समाजवादीबाट ६ मन्त्री नियुक्त भएका छन् ।
नेपाली काङ्ग्रेसबाट मसिना खड्का वन तथा वातावारण मन्त्री, पुकार महर्जन उद्योग पर्यटन तथा सहकारी मन्त्री, उत्तम जोशी स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् भने नेकपा एकीकृत समाजवादीबाट लक्ष्मण लम्साल श्रम रोजगार तथा यातायात मन्त्री, राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्री नियुक्त भएका छन् । विनाविभागीय मन्त्रीमा रामकृष्ण चित्रकारलाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ९९० बमोजिम मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन एवम् कार्य विभाजन भएको हो ।