फाइल तस्वीरः राष्ट्रिय जनमोर्चाका सांसद् चित्रबहादुर केसी।
काठमाडौँ – मुलुकलाई सङ्घीयता घाँडो भएको भन्दै सांसद् चित्रबहादुर केसीले सङघीयताको खारेज गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा राख्नुपर्नेमा जोड दिनुभएको छ । सरकारको आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय जनमोर्चाका अध्यक्ष समेत रहनुभएका सांसद् केसीले सङघीयता खारेजीको कुरा सरकारको नीति, कार्यक्रममा उल्लेख हुनुपर्ने बताउनुभएको हो ।
आज प्रतिनिधिसभा बैठकमा बोल्दे राष्ट्रिय जनमोर्चा अध्यक्ष समेत रहनुभएका सांसद केसीले नेपालमा सङ्घीयताविरुद्धको जनमत तयार भइरहेको बताउँदै लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने खतरा रहेको बताउनुभयो । सांसद् केसीले लोकतन्त्र र गणतन्त्रलाई सिध्याउन केही तत्वहरु लागि परेको भन्नुहुँदै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
सांसद् केसीले कालापानीबाट भारतीय सेना हटाउने कुरा पनि सरकारको नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने भन्नुहुँदै सरकारको ‘नीति तथा कार्यक्रमको बुँदा नम्बर १ मा सङ्घीय शब्द राखिएको छ, सो शब्दलाई हटाउन माग गर्नुभयो । देशको लागि सङघीयता भारी भएको उल्लेख गर्नुहुँदै सांसद् के.सी.ले सङ्घीयताविरुद्ध नेपालमा जनमत तयार भइराखेको बताउनुभयो ।