काठमाडौं — देशका विभिन्न स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुुसार आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थान तथा मधेश प्रदेशका एक वा दुई ठाउँमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आज अपराह्न काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना देखिएको छ भने दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ । यस्तै आज राति कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकोे छ ।
आज देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने क्षति÷जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन समेत मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।