फाइल तस्वीरः नेकपा एमाले संसदीय दलका नेता केपीशर्मा ओली ।
काठमाडौं — प्रमुख प्रतिपक्षि दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकारको नीति तथा कार्यक्रममाथि विरोध गर्ने भएको छ । एमालेले सरकारको नीति तथा कार्यक्रमलाई विरोध गर्ने बताएको हो ।
नेकपा एमाले संसदीय दलका नेता एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रश्न उठाउँदै विरोध गर्नुहुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको मार्गचित्रको रुपमा शुक्रबार ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डीमात्रै भएको उल्लेख गर्दै यसले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने भन्दै एमाले अध्यक्ष ओलीले विरोध गर्नुभएको छ ।
सरकारको नीति तथा कार्यक्रमलाई पार्टीले स्वीकार गर्न नसक्ने भन्दै पार्टीको तर्फबाट पारित गर्न नदिने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रमको विरोध गर्न एमाले संसदीय दलका नेता ओलीले आफ्ना सांसद्हरुलाई निर्देशनसमेत दिनुभएको छ । संसदीय इतिहासमा सदन अवरुद्ध गर्ने नाम दर्ज गरेको एमालेले सत्ता विमुखको पीडालाई सदन चल्न नदिने उसको रणनीति रहेको छ ।
नेपालको संसदीय इतिहासमा संसद् अवरुद्ध गर्ने पहिलो पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस पटक पनि संसद अवरुद्ध गर्ने सङ्केत गरिसक्नुभएको छ ।