फाइल तस्वीर
काठमाडौं — संसद्का दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । त्यसअघि राष्ट्रियसभाको बैठक बस्ने भएको हो । आज शुक्रबार अपराह्न ४ बजे काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दुवै सदनको संयुक्त बैठक बस्दै छ । जसलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ ।

त्यसअघि दिउँसो १ः०१ बजे राष्ट्रियसभाको बैठक बस्ने भएको हो । उक्त बैठकमा ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली २०७५ संशोधन मस्यौदा समिति’ गठन सबन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश जानकारी गराउने कार्यक्रम छ ।

यस्तै ‘सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति ९कार्य सञ्चालन० नियमावली–२०७५ संशोधन मस्यौदा समितिमा राष्ट्रियसभा सदस्यहरूको मनोनयनसहित समिति’ गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि छ ।

यसैगरी आजको बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०८०’ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।

यस्तै ‘कोभिड ११९ सङ्कट व्यवस्थापन विधेयक २०७८ फिर्ता लिने अनुमतिको प्रस्ताव’ प्रस्तुत गर्ने कार्यक्रम पनि रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

हेर्नुहोस् सम्भावित कार्यसूची :