काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच संसद् भवन नयाँबानेश्वरमा भेटवार्ता भएको हो ।

आज बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसद्हरुको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको बताइए पनि ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।