फाइल तस्वीरः प्रतिनिधिसभा बैठक
काठमाडौं — प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बिहीबार बिहान ११ बजेदेखि बैठक सुरुहुने संसद् सचिवालयले जनाएको छ ।
आजको बैठमा सांसद्हरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले आज संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुहुने छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्रीलाई १५ जना सांसदहरुले प्रत्यक्ष प्रश्न गर्न पाउनेछन् । यसअघि नै आज प्रश्नोत्तर कार्यक्रमको तयारी गरिएको थियो । प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।

यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आव २०७८÷०७९ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि रहेको छ ।
प्रधानमन्त्री प्रचण्डले भोलि सङ्घीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम पेश गर्नुहुने कार्यक्रम रहेकोछ ।