काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा अहिले बिहान ११ बजे बस्ने भएको हो ।

सङ्घीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सार्वजनिक गर्नुभएको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका सदस्यहरूले सोधेको जवाफ दिन्हुने कार्यक्रम रहेको छ ।

साथै, प्रधानमन्त्री प्रचण्डले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन’ पनि पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ ।