फाइल तस्वीरः अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी ।
काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले उच्चस्तरीय स्वतन्त्र नागरिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । पार्टीको तीन दिनदेखि जारी बैठकको समापनका अवसरमा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले आयोग गठन गर्न माग गर्नुभएको हो ।

आज सम्पन्न केन्द्रीय कार्यसमिति बैठकले २०४६ पछि उच्च पदस्थ राजनीतिक लाभका पदमा रहेका तथा कर्मचारीहरूको सम्पत्ति छानविन गर्न आयोग गठन गर्नुपर्ने भन्दै किसानहरुलाई तत्काल मल, बिउ सर्वसुलभ उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

यस्तै, विभिन्न वित्तीय संस्थाहरुले सर्वसाधारणबाट चर्को ब्याजदर असुलेका कारण पीडितहरूले सडक सङ्घर्ष गर्नुपर्ने बाध्यतादेखि नागरिकहरुले आत्मदाह गर्ने पीडादायी क्षण देखेको/भोगेको भन्दै बैठकले पीडितहरुलाई न्यायका लागि तत्काल ऋणको ब्याजदर घटाउन सरकारसँग माग गरेको छ ।