काठमाडौं – काठमाडौंको तारकेश्वरमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाले ज्यान गएको छ । तारकेश्वर नगरपालिका–६ जरंखुमा भएको दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको हो ।
बुधबार दिउँसो बा ३ ख ६३६७ नम्बरको बसले बा ४९ प ६०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक जोगेन्द्रप्रसाद गुप्ताको ग्रिन सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिएपछि बस रेलिङ भत्काएर शेषमती खोलामा खसेको छ । तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।