तस्वीरः स्वर्गीय पति मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुहुँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको एवम् आफ्ना पति मदन भण्डारीको सालिकमा माल्यार्पण गर्नुभएको छ । पूर्वराष्ट्रपति भण्डारीले आज बुधबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान पुगेर मदन भण्डारी स्मृत बाटिममा निर्मित सालिकमा माल्यार्पण गर्नुभएको हो ।

राष्ट्रपतिको आफ्नो कार्यकाल सकिएको झण्डै दुई महिना पछि पूर्वराष्ट्रपति भण्डारी पहिलो पटक सार्वजनिक कार्यक्रम सहभागी हुनुभएको हो । पार्टीकै जिम्मेवारीमा रहेकै बेला भूमिगतकालमै मदन भण्डारी र विद्यादेवीबीच २०३९ सालमा विवाह भएको थियो ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको वि.सं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुर्घटनामा मृत्यु भएको थियो । पोखराबाट चितवन पार्टी कामको सिलसिलामा जाँदैगर्दा भण्डारी र एमालेका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गामा रहस्यात्मक रुपमा दुर्घटनामा परी निधन भएको थियो । भण्डारी र आश्रित सवार जीप दासढुङ्गामा त्रिशुली नदीमा खसेको थियो । सो दुर्घटना नभई हत्या भएको अनुमान गरिएको उक्त दुर्घटनाको राम्रोसँग अनुसन्धान नै नभएको गुनासो पटक पटक बारिह आइरहन्छ ।

भण्डारीकै पार्टी एमालेले यो देशमा पाँच सरकारका नेतृत्व गरिसकेको छ । विद्यादेवी भण्डारी स्वयम् राष्ट्रपति हुँदासमेत उक्त घटनाको अनुसन्धानले गतिलिन सकेन । उक्त घटना अहिलेसम्म रहस्यात्मक अवस्थामै रहेको छ । उक्त घटनाका प्रत्यक्ष साक्षी मदन भण्डारीका चालक अमर लामाको पनि केही वर्ष पहिले काठमाडौंको कीर्तिपुरमा अग्यात समूहले गोलीहानी हत्यागरेको थियो ।