साङ्केतिक तस्वीर ।
काठमाडौं — नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार १०३ नमूनामध्‍ये ३८४ जजनाको पीसीआर परीक्षण गर्दा १२ जना र ७१९ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जना गरी २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको हो ।

यस्तै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १०० पुगेको छ भने १० जना संस्थागत आईशोलेशनमा, १ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

आज मङ्गलबार कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये २४ जना सङ्क्रमणबाट निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ ।