फाइल तस्वीरः सुदन किराती, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ।
काठमाडौं – ‘यहाँ अरुले नै संसद चलाउँदो रहेछ । हामी त डमी मात्रै रहेछौं । हामी त ‘शो केशको मान्छे मात्रै रहेछौं’ यो भनाइ हो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको । आज बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किरातीले यस्तो अभिव्यक्ति दिनुभएको हो ।
समितिको पहिलो बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीले नेपालको संसद् र सरकार अरुले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको उल्लेख गर्नुहुँदै पर्यटन क्षेत्रमा धैर ऐन बदल्नु पर्ने आवश्यकता भएको बताउनुभयो । ऐन बदल्नु पर्ने भएकोले त्यसमा सहयोग गर्न सङघीय संसद र सांसदहरुलाई आग्रहसँग सहयोग गर्न आग्ह गर्नुभयो ।
संसदमा बल दिएमात्रै आफूहरूले केही गर्न सक्ने अवस्था रहेको मन्त्री किरातीको भनाइ थियो । ‘हामीले पर्यटनको क्षेत्रमा हामीले धेरै ऐन बदल्नु छ । र, यो सेक्युरिटीको क्षेत्रमा हामीले यो ऐनलाई छिटो पास गर्नुछ । तपाईँहरूले बोलिदिनु पर्यो । अनि मात्रै मन्त्रीको बल आउँदो रहेछ’ मन्त्री किरातीले भन्नुभयो ।
मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि आवश्यक विधेयक तत्काल मन्त्रीपरिषदबाट पास गराएर संसद्मा पेश गर्ने बताउँदै भन्नुभयो ‘त्यसलाई छिटो पास गरिदिन पनि तपाईहरुसँग आग्रह गर्दछु ।’