काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री दाहाल र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भएको भेटवार्ताका क्रममा संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने र सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठकलगायतका बिषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।