फाइल तस्वीर
काठमाडौं — देशको मौसममाा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहनेछ ।

महाशाखाद्वारा जारी बुलेटिनअनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जने र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भालि मङ्गलबार पनि देशको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ । महाशाखाका अनुसार भोलि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । यसैगरी कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको छ ।