फाइल तस्वीरः एमालेका फरार सांसद् टोपबहादुर रायमाझी
काठमाडौं — नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणका चार जना आरोपीहरुको प्रहरी खोजीको सूचीमा राखेको छ । प्रहरीद्वारा पक्राउ पुर्जी जारी गरी खोजिएका व्यक्तिहरुमा पूर्वउपप्रधानमन्त्री एवम् एमालेका सचिव टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री पूर्वसभासद् आङ्टावा शेर्पा र रामबहदुर थापाका छोरा प्रतीक थापाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको हो ।

यस्तै तत्कालीन गृहमन्त्री बादलकै सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । तर, चारै जना अहिले फरार रहेपछि प्रहरीले सम्भावित स्थानमा खोजतलासलाई तीव्र बनाइरहेको छ । उनीहरुले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोप छ । सो प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई सबैलाई प्रहरीको खोजी सूचीमा रहेका छन् । फरार रहेकाले नक्कली भुटानी शरणार्थीमा उनीहरुको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

वैशाख २० गते एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । प्रतिनिधिसभाको सभामुख देवराज घिमिरेसँगै गृह जिल्ला अर्घाखाँची पुगेका रायमाझीविरुद्ध क्राउ पुर्जी जारी भएको खबर पाउना साथ उनी भैरहवा हुँदै भारतको लखनौ पुगेको सार्वजनिक भएको थियो । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि पनि प्रहरीले उनको निगरानी नराख्दा एमाले सचिव रायमाझी भारत पस्न सफल भएको बताइन्छ । सभामुख देवराज घिमिरेसँगै अर्घाखाँचीबाट भैरहवासम्म आउँदा पनि प्रहरीले उनलाई गिरफ्तान गर्न नसक्नु र उनी त्यहाँबाट फरार हुनुलाई अर्थपूर्ण मानिंदै आएको छ ।

प्रहरीले पूर्वउपप्रधानमन्त्री समेत रहेका एमाले सचिव रायमाझीलाई ११ दिन वितिसक्ता पनि पत्तालगाएर गिरफ्तान गर्न नसक्नुलाई कतै नक्कली भुटानी प्रकरणलाई हात्ति आयो हात्ति आयो फुस्सा बनाउन त खोजिएको होइन भन्ने आम नागरिकमा आशङ्का पैदा भएको छ ।
टोपबहादुर रायमाझी लगायत फरार अन्य आरोपीहरुलाई प्रहरीले खोजिगरिरहेको बताइन्छ । रायमाझीसहित फरार आरोपीहरु पनि भारत तिर गएको आशङ्क गरिएको छ । रायमाझी भारतमा लुकेको हुनसक्ने आशङ्ककामा खोजी कार्यका लागि प्रहरीको एक टोली यतिबेला भारत पुगेको छ रायमाझीले एमाले नेतृत्वलाई नै गुमराहमा राख्दै घात गरेको र अनुसन्धानमा सघाउनुको साटो फरार भएको भन्दै एमालेले उनलाई सचिवबाट निलम्बन गरिसकेको छ । रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले वैशाख २० मै पक्राउ गरिसकेको छ ।

यस्तै इन्द्रजित राईका बाबुछोराविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले इन्द्रजितलाई वैशाख १९ मा पक्राउ गरेको थियो । नक्कली शरणार्थी प्रकरणमा राजनीतिक नेतृत्वसँग जोडिएर पक्राउ परेका इन्द्रजित नै पहिलो पात्र थिए । सोही प्रकरणमा राईका छोराको समेत कनेक्सन देखिएर पक्राउ पुर्जी जारी भएपछि उनीलाई पनि पक्राउ पर्न प्रहरी असफल देखिन्छ ।

एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाले केही दिन पहिले एक विज्ञप्ति जारी गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै सम्लग्नता नरहेको र आफुले यस प्रकरणको अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनको प्रतिबद्धता सेलाउन नपाउँदै प्रतीक पनि फरारको सुचीमा रहेका छन् ।