काठमाडौं — प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि सुरु भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा जारी बैठकमा बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक–पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटवार्ताका क्रममा छलफल भएका विषयवस्तु भने सार्वजनिक गरिएको छैन ।